शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्राध्यापकलाई पनि कोरोनाविरुद्धको खोप लगाउन संघको अपिल

प्राध्यापकलाई पनि कोरोनाविरुद्धको खोप लगाउन संघको अपिल

नेपाल प्राध्यापक संघले कोभिड –१९ विरुद्धको खोप प्राध्यापकलाई पनि प्राथमिकतामा राखेर लगाउन सरकारको ध्यानाकर्षण गराएको छ। 
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं- नेपाल प्राध्यापक संघले कोभिड –१९ विरुद्धको खोप प्राध्यापकलाई पनि प्राथमिकतामा राखेर लगाउन सरकारको ध्यानाकर्षण गराएको छ। 

आइतबार विज्ञप्ति जारी गर्दै संघले कोरोना महामारीबाट प्रभावित शैक्षिक क्षेत्र र यसमा आबद्ध प्राध्यापक, शिक्षक र कर्मचारीलाई खोप लगाएर शिक्षण संस्थामा हुने सम्भावित जोखिम कम गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

प्राथकिता पहिचान गरी शिक्षण संस्था जस्तो संवेदनशील ठाउँमा खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने संघले जनाएको छ।

नेपालमा खोप कार्यक्रम सञ्चालन भइरहको अवस्थामा प्राध्यपक, शिक्षक र कर्मचारीलाई अहिलेसम्म पनि सूचीमा नराखेको प्रति संघले खेद प्रकट गरेको छ।

संघले शिक्षा, स्वास्थ्य, सुरक्षा, सञ्चार जस्ता क्षेत्रका नागरिकलाई प्राथमिकतामा राखेर खोप लगाउने विषयमा सरकारलाई संवेदनशील बन्न पनि अपिल गरेको छ।

प्रकाशित: Feb 14, 2021| 11:31 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।