शुक्रबार, भदौ १९, २०८३

ओलीतिर लागेका हुन् तिलोत्तमाका मेयर ?

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले नेकपा ओली समूहका महासचिव विष्णु पौडेललाई साथ दिने भएका छन्। 
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले नेकपा ओली समूहका महासचिव विष्णु पौडेललाई साथ दिने भएका छन्। 

दाहाल–नेपाल समूहमा खुलेर लागेका घिमिरे र उपप्रमुख चौधरीले ओली समूहका महासचिव विष्णु पौडेलसँगको छलफलमा ओलीलाई साथ दिने प्रतिबद्धता जनाएका हुन्। 

अर्थमन्त्रीसमेत रहेका पौडेलले सामाजिक सञ्जालमा ‘साथै छौं, साथै रहनेछौं’ लेखेर तस्बिर सार्वजनिक गरेका छन्। तिलोत्तमा नगरपालिकाका प्रमुखसहित अधिकांश कार्यपालिका सदस्य ओली समूहमा लागेको बताइएको छ।

नेकपा दाहाल–नेपाल समूहका नेता घनश्याम भुसालका निकट तथा नगरका प्रमुख घिमिरे ओली समूहमा खुलेपछि रुपन्देहीको राजनीति परिवर्तन हुने देखिएको छ। भेलाका लागि बुटवल आएका महासचिव पौडेललाई बिदाइ गर्न प्रमुख घिमिरे तथा उपप्रमुख चौधरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। 

दाहाल–नेपाल समूहको कार्यकर्ता भेला तथा विरोध प्रदर्शनको समेत अगुवाइ गरेका नगरप्रमुख घिमिरे ओली समूहमा लागेको बारे आधिकारिक रुपमा भने केही बताएका छैनन्। 

प्रकाशित: Feb 14, 2021| 10:17 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।