आइतबार, असोज ४, २०८३

आगामी बजेटका सम्बन्धमा भन्सार विभागले माग्यो राय

सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट निर्माणको प्रक्रिया अगाडि बढाएको छ।
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट निर्माणको प्रक्रिया अगाडि बढाएको छ।

विभिन्न मन्त्रालयले मातहतका निकायमार्फत् छलफल अगाडि बढाएर सरकारले बजेट निर्माणको प्रक्रिया अगाडि बढाएको हो।

यसैबीच भन्सार विभागले आगामी आर्थिक वर्षको बजेटमा सुधार गर्न सकिने विषयमा सुझाव एवम् राय माग गरेको छ।

विभागले आगामी आर्थिक वर्षको बजेटमा सुधार हुन पर्ने विषयमा फागुन १४ भित्र राय सुझाव उपलब्ध गराउन सूचना जारी गरेको छ। 

सूचनामा उल्लेख गरिएअनुसार राजश्व परामर्श समिति मातहत गठित उपसमितिलाई भन्सार महशुल दरमा गर्नुपर्ने पुनरावलोकनका विषयमा राय सुझाव दिनुपर्ने छ।

त्यस्तै भन्सार मूल्यांकन प्रणालीमा गरिनुपर्ने सुधार, भन्सार सरलीकरण प्रक्रिया, व्यापार सहजीकरण र सीमा व्यवस्थापनका विषयमा सरोकारवालाले सुझाव दिन सूचनामा आग्रह गरिएको छ।

त्यस्तै भन्सार ऐन तथा नियमावलीमा गरिनुपर्ने थप संशोधनका विषयमा पनि राय सुझाव दिन विभागले आग्रह गरेको छ।

प्रकाशित: Feb 14, 2021| 10:01 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्