शुक्रबार, भदौ १९, २०८३

७ महिनाको विकास खर्च १८ प्रतिशत

चालू आर्थिक वर्षको ७ महिनामा पूँजीगत खर्च करिब १८ प्रतिशत खर्च भएको छ।
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं- चालू आर्थिक वर्षको ७ महिनामा पूँजीगत खर्च करिब १८ प्रतिशत खर्च भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनदेखि फागुन १ गतेसम्म १७.८६ प्रतिशत खर्च भएको हो।

कार्यालयका अनुसार फागुन १ गतेसम्म ६ अर्ब ३० करोड ३९ लाख १० हजार रुपैयाँ खर्च भएको छ। चालू आर्थिक वर्षमा सरकारले पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब  ९१ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

महालेखा नियन्त्रक कार्यालयका अनुसार कुल चालूगत र वित्तीय व्यवस्था तर्फको बजेटसमेत गरेर ३३.८७ प्रतिशत खर्च भएको छ।

१४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ कुल बजेट विनियोजन गरेको सरकारले शनिबारसम्म ४ खर्ब ९९ अर्ब ५० करोड ४१ लाख रुपैयाँ खर्च गरेको छ। चालूतर्फ ७ महिनामा ४२.८७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १७.१७ प्रतिशत खर्च भएको महालेखाले जानकारी दिएको छ।

यो वर्ष चालूतर्फको बजेट ९ खर्ब ४८ अर्ब ९४ करोड ६  लाख रुपैयाँ रहेको थियो। त्यस्तै वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७८ करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

सरकारले लक्ष्यअनुसार बजेट खर्च गर्न नसकेपछि अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार घटाइसकेको छ। अर्थ मन्त्रालयले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार घटाउँदै सुरुको बजेटको ९१ प्रतिशत मात्रै चालू आर्थिक वर्षमा खर्च गरिने जानकारी यसअघि नै गराइसकेको छ।

चालू आर्थिक वर्षको ७ महिनामा सरकारले ४९.२८ प्रतिशत राजस्व संकलन गरेको छ। कुल १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा शनिबारसम्म ४ खर्ब ९८ अर्ब ५५ करोड १५ लाख रुपैयाँ राजस्व संकलन गरिएको छ।

प्रकाशित: Feb 14, 2021| 09:35 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।