आइतबार, असोज ४, २०८३

३३ अंकले घटेर २४९३ विन्दुमा झर्‍याे नेप्से परिसूचक 

आइतबार सेयर बजार परिसूचक (नेप्से) ३३.३३ अंकले घटेको छ। 
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं– आइतबार सेयर बजार परिसूचक (नेप्से) ३३.३३ अंकले घटेको छ। 

२५३६.४७ विन्दुबाट सुरु भएको कारोबार उतारचढाव हुँदै २४९३.५९ विन्दुमा पुगेको हो। 

आज ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९.३१ अंकले घटेर ४५४.१२ विन्दुमा पुगेको छ। 

२०२ कम्पनीको १ करोड ४८ लाख ५१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ९२ करोड ७६ लाख ६८ हजारको कारोबार भएको छ। 

आइतबार सामूहिक लगानी कोषको सूचक ०.१३ अंकले उकालो लागेको छ भने बाँकी सबै समूहको सूचक ओरालो लागेको छ। 

बैंकिङ समूहको सूचक २०.७१, व्यापार २३.७६, होटल २५.७२, विकास बैंक १०.७, जलविद्युत् २३.०५, फाइनान्स ११.१८ अंकले घटेको छ। 

त्यस्तै निर्जिवन बिमा समूहको सूचक ७७.३५, उत्पादन ४४.६७, अन्य ४५.२९, माइक्रोफाइनान्स ७८.८ र जीवन बिमा समूहको सूचक २३३.१८ अंकले घटेको छ। 

आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। सर्पोट लघुवित्तका लगानीकर्ताले पनि धेरै गुमाएका छन्। 
 

प्रकाशित: Feb 14, 2021| 09:28 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्