शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ललिता निवास जग्गा प्रकरण : माधवकुमार नेपालबारे प्रमाण बुझ्न अख्तियारलाई सर्वोच्चको आदेश

ललिता निवास जग्गा प्रकरण : माधवकुमार नेपालबारे प्रमाण बुझ्न अख्तियारलाई सर्वोच्चको आदेश

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा माधव नेपालको संलग्नाबारे प्रमाण बुझ्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सर्वोच्च अदालतले आदेश दिएको छ।
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं- बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा माधव नेपालको संलग्नाबारे प्रमाण बुझ्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सर्वोच्च अदालतले आदेश दिएको छ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने तत्कालीन मन्त्रिपरिषदको निर्णयका आधारमा तत्कालीन प्रधानमन्त्री माधव नेपाललाई पनि मुद्दा चलाउन माग गर्दै परेको रिटमाथिको मुद्दामा सर्वोच्च अदालतले अख्तियारका नाममा प्रमाण बुझ्न आदेश गरेको हो।

न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले आदेश दिएको छ। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियारसहित चारलाई विपक्षी बनाएर नेपालसमेतलाई मुद्दा चलाउन माग गर्दै रिट दायर गरेका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११० जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

तर तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको संलग्नता रहेको भए पनि अनुसन्धान गरी मुद्दा चलाउने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएको भन्दै उनीहरुलाई समेत विपक्षी बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो।

No description available.

प्रकाशित: Feb 14, 2021| 09:29 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।