शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा दाहाल-नेपाल समूहद्वारा विरोधका नयाँ कार्यक्रम घोषणा

नेकपा दाहाल-नेपाल समूहद्वारा विरोधका नयाँ कार्यक्रम घोषणा

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको नेकपा दाहाल–नेपाल समूहले अर्को चरणको आन्दोलन घोषणा गरेको छ।
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको नेकपा दाहाल–नेपाल समूहले अर्को चरणको आन्दोलन घोषणा गरेको छ।

उक्त समूहले आज आइतबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गरेको हो। उद्देश्य पूरा नभएसम्म आन्दोलन जारी रहने पत्रकार सम्मेलनमा नेताहरुले बताए। 

प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपाको दाहाल–नेपाल समूह आन्दोलित छ। आन्दोलनका लागि केन्द्रीय संघर्ष समिति गठन गरेको उक्त समूहले एक दिन आम हडताल पनि गरिसकेको छ। 

यस्ता छन् कार्यक्रम

फागुन ५ देखि १२ गतेसम्म जिल्लास्तरीय सभा
६ गते काठमाडौंको टुँडीखेल वरिपरि मानव साङ्लो अपरान्ह ४ देखि ५ बजेसम्म 
७ गते देशव्यापी रुपमा सबै पालिकाका वडास्तरमा विरोध कार्यक्रम
७ देखि १५ गतेसम्म सार्वजनिक स्तरमा हस्ताक्षर अभियान वडा तहसम्म
८ गते काठमाडौंमा वृहत् अन्तरक्रिया
९ गते देशव्यापी रुपमा महिलाको विरोध कार्यक्रम
१० गते काठमाडौं र प्रत्येक जिल्लामा दलित मोर्चाको कार्यक्रम
११ गते मधशी, आदिवासी, पिछडा वर्ग आदिको संस्कृति झल्किने प्रदर्शन
१२ गते चितवनमा वृहत् सभा
१४ गते काठमाडौैंमा युवा र्‍याली
१५ गते काठमाडौंमा कसान तथा सुकुम्बासीको र्‍याली
२१ गते दाङमा वृहत् सभा 


 

प्रकाशित: Feb 14, 2021| 08:37 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।