शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा दाहाल-नेपाल समूहको प्रश्न– ६४ प्रतिशत मत पाएको दलमा विवाद नमिली कसरी चुनाव हुन्छ ?

नेकपा दाहाल-नेपाल समूहको प्रश्न– ६४ प्रतिशत मत पाएको दलमा विवाद नमिली कसरी चुनाव हुन्छ ?

आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचनको तयारी र आचारसंहिताका बारेमा निर्वाचन आयोगले दलहरूसँग छलफल गरेको छ।
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं– आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचनको तयारी र आचारसंहिताका बारेमा निर्वाचन आयोगले दलहरूसँग छलफल गरेको छ।

छलफलको सुरुमै निर्वाचन आयोगका कर्मचारीले निर्वाचन आचारसंहिताबारे प्रस्तुतीकरण गरेका थिए। त्यसपछि नेकपा दाहाल–नेपाल समूहका नेता लिलामणि पोखरेलले ६४ प्रतिशत मत पाएको दल नेकपाको विवाद निरुपण नगरी निर्वाचन गर्न नसकिने बताएका थिए। ‘त्यति ठूलो मत प्राप्त दल नेकपामा आधिकारिकताको विवाद छ। यस्तो अवस्थामा तपाईंहरु कसरी चुनाव गर्नुहुन्छ भनेर प्रश्न गरें मैले,’ आयोगबाट निस्केपछि पोखरेलले भने। 

निर्वाचनको विषय सर्वोच्च अदालतमा पनि विचाराधिन रहेकाले आयोगले त्यससम्बन्धी कुनै गतिविधि अगाडि बढाउन नहुने उनको भनाइ थियो। ‘सर्वोच्च अदालतबाट पनि मुद्दा निरुपण भएको छैन। उसले संसद् पुनस्र्थापना गरिदिन पनि सक्छ,’ पोखरेलले भने।

छलफलमा स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १४ वटा दलका प्रतिनिधिहरू तथा निर्वाचन आयोगका तर्फबाट आयुक्तहरू र सचिवहरू तथा कानुनविद्हरू सहभागी छन्। 

राजनीतिक दलहरूसँगको छलफलपछि आयोगले आचारसंहिता सार्वजनिक गर्ने तयारी गरेको छ।


 

प्रकाशित: Feb 14, 2021| 07:58 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।