शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा विघटनविरुद्ध भोलि देशभर कांग्रेसको प्रदर्शन र सभा, कसको सम्बोधन कहाँ ?  

प्रतिनिधिसभा विघटनविरुद्ध भोलि देशभर कांग्रेसको प्रदर्शन र सभा, कसको सम्बोधन कहाँ ?  

प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि सोमबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दैछ।
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि सोमबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दैछ।

यसअघि संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, स्थानीय तह र वडा तहमा विरोध प्रदर्शन गरिसकेको कांग्रेसले भोलि जिल्ला स्तरमा विरोधसभा आयोजना गर्न लागेको हो। 

कांग्रेसका भ्रातृ संस्था र शुभेच्छुक संस्थाको संयोजनमा समेत विरोध प्रदर्शन भइसकेको छ।  

पुस ५ गते प्रतिनिधिसभा विघटन भएलगत्तै कांग्रेस सडकमा ओर्लिएको छ। प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको छ कांग्रेसले। यद्यपि, संसद् पुनर्स्थापना वा चुनावको एजेन्डामा भने कांग्रेसभित्र विरोधाभास छ।

सभापति शेरबहादुर देउवालगायत नेताहरु सर्वोच्च अदालतको आदेश कुर्ने र उसको फैसला मान्ने पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु प्रतिनिधिसभा पुनर्स्थापना हुनैपर्ने पक्षमा छन्। सोही कारण कांग्रेसले सडकमा आफ्नो प्रभावकारी उपस्थिति देखाउन नसकेको टिप्पणी पनि हुने गरेको छ। कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध चरणवद्ध प्रदर्शन भने गरिरहेकै छ।  

सोमबार हुने कार्यक्रमका लागि केन्द्रीय नेताहरु जिल्ला जान थालेका छन्। सभापति शेरबहादुर देउवाले रुपन्देहीको बुटवलमा आयोजना हुने विरोध सभालाई सम्बोधन गर्ने भएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले धादिङमा सम्बोधन गर्नेछन्। 

महामन्त्री डा. शशांक कोइरालाले दाङ, पूर्वमहामन्त्री प्रकाशमान सिंहले कास्कीमा आयोजना हुने विरोध सभालाई सम्बोधन गर्ने तय भएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुरमा, अर्जुन नरसिंह केसीले काठमाडौंमा, डा. प्रकाशशरण महतले काभ्रेमा, डा. मिनेन्द्र रिजालले प्युठानमा, गगन थापाले चितवनमा र प्रदीप पौडेलले दैलेखमा सम्बोधन गर्ने कार्यक्रम छ।  

प्रकाशित: Feb 14, 2021| 07:22 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।