शनिबार, असार २७, २०८३

गुन्डोगनको दोहोरो गोलमा सिटीको सहज जित

इलके गुन्डोगनको दोहोरो गोलको सहयोगमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ।
 |  आइतबार, फागुन २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २, २०७७

काठमाडौं- इलके गुन्डोगनको दोहोरो गोलको सहयोगमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ।

इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले टोटेनहमविरुद्ध ३–० गोलको जित निकालेको हो।

सिटीको जितका लागि रोड्रीले खेलको २३ औं मिनेटमै अग्रता दिलाएका थिए। पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै रोड्रीले गोल गरे।

यससँगै पहिलो हाफमा सिटी एक गोलले अघि रह्यो। दोस्रो हाफमा गुन्डोगनले दुई गोल गरे। 

खेलको ५० औं मिनेटमा रहिम स्टार्लिङले दिएको पासलाई सदुपयोग गर्दै उनले अग्रतालाई दोब्बर बनाए।

त्यस्तै, ६६ औं मिनेटमा गोलकिपर एडर्सन मोरेसको पासमा गुन्डोगनले दोस्रो गोल गरे। यससँगै सिटीले ३–० गोलको जित निकाल्यो।

गएरातिको जितसँगै ५३ अंक बनाएको सिटी शीर्षस्थानमा छ भने ३६ अंकका साथ टोटेनहम नवौं स्थानमा छ।

शनिबार रातिको अर्को खेलमा ब्राइटनले एस्टन भिल्लासँग गोलरहित बराबरी खेलेको छ। त्यस्तै बर्नलीले क्रिस्टल प्यालेसमाथि जित निकालेको छ।
 

प्रकाशित: Feb 14, 2021| 01:03 आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।