शुक्रबार, भदौ १९, २०८३

देश बनाउने एजेण्डा नभएकाहरु पार्टी छाडेर गए : ओली

नेकपाका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने उदेश्य नबोकेका तत्वहरु पार्टी छाडेर गएको बताएका छन्।
 |  शनिबार, फागुन १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १, २०७७

बुटवल- नेकपाका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने उदेश्य नबोकेका तत्वहरु पार्टी छाडेर गएको बताएका छन्।

उनले पुष्पकमल दाहाल र माधव कुमार नेपाललाई देश बनाउने उदेश्य नबोकेको र प्रधानमन्त्री र अध्यक्ष पदका लागि पार्टीमा समस्या पैदा गर्ने तत्व भएको आरोप लगाए। 

नेकपा ओली समूहले आज बुुटवलमा गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘उदेश्य नबोकेका तत्वहरु पार्टी छाडेर गए, बाहिरिए, अहिले आत्तिएर सडकमा हिँडेका छन्।’ उनले थपे, ‘संसद विघटन भनेको प्रतिगमन हो रे, चुनावमा जानु प्रतिगमन रे।’ 

प्रधानमन्त्रीसमेत रहेका ओलीले चुनावबाटै मुलुकले निकास पाउने बताउँदै साँठगाँठमा देशलाई अस्थिरतामा लैजान खोजिएको बताए।

‘एकैचोटी प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ भन्ने कुरा आयो, तपाईलाई प्रधानमन्त्री किन भन्दा प्रधानमन्त्री हुन मन लाग्यो’ ओलीले थपे, ‘अर्काेले अध्यक्ष चाहियो ? किन भन्दा अध्यक्ष हुन मन लाग्यो रे महाधिवेशनबाट अध्यक्ष हुनुस् भन्दा पनि हाताहाती चाहियो भनेपछि समस्या आयो।’ प्रधानमन्त्री ओलीले संसदबाट नक्सा पारित गरेपछि उहाँहरु (दाहाल–नेपाल) हट्नुपरेको उनले बताए। ‘काम गर्न नदिने, तीन वर्षदेखि संवैधानिक आयोगहरु बन्न सकेनन्, उहाँहरु हटेपछि आयोग बन्यो’ उनले भने। 

उनले दाहाल र नेपालले पार्टी छोडेपछि गतिशिल भएको बताए। ‘पहिला पार्टीभित्रै बसेर गाली गर्ने, मुख छाड्ने काम गरेका थिए, टेलिभिजन, रेडियोमा गएर मनपरी बोल्थे, आज बाहिर बोलेका छन् त्यति फरक हो’ उनले भने। उनले दाहाल र नेपाल बाहिरिएपछि महान शुद्धिकरण भएकोसमेत बताए।  ‘विचार बोकेको पार्टी बनेको छ, निराश हुनुुपर्दैन, पार्टीमा बसेर बदनाम गर्नेहरु गएका छन्’ प्रधानमन्त्री ओलीले भने।

सभा कस्तो हुन्छ हेर्नोस् बुटवलको सभा

प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले दाहाल नेपालको काठमाडौंमा भएको सभामा प्रचण्डले सभा हेर्न भनेकोतर्फ इंगित गर्दै उनले बुटवलको सभा हेर्न चुनौती दिए। उनले भने सभा भनेको कस्तो हुन्छ, लुम्बिनी प्रदेशको सभा हेर्नुहोस्’ उनले भने। ओलीले नागरिकहरुको जनसमर्थन आफूलाई भएको समेत बताए।

प्रकाशित: Feb 13, 2021| 10:55 शनिबार, फागुन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।