काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १ हजार ९०० जनाको कोरोना परीक्षण गरिएकोमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकार दिएको छ।
यो सहित हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७२ हजार ६१४ पुगेको छ। पछिल्लो २४ घण्टामा १३३ जना संक्रमणमुक्त भएसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ९२९ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कुनै पनि व्यक्तिको मृत्यु भएको छैन। नेपालमा हालसम्म कोरोनाबाट २ हजार ५४ जनाको मृत्यु भएको छ।