शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीले भने- उद्देश्य नमिलेका तत्वहरू बाहिरिएपछि पार्टी गतिशील भएको छ

प्रधानमन्त्री ओलीले भने- उद्देश्य नमिलेका तत्वहरू बाहिरिएपछि पार्टी गतिशील भएको छ

प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टी अहिले गतिशील भएको बताएका छन्। 
 |  शनिबार, फागुन १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १, २०७७

बुटवल – प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टी अहिले गतिशील भएको बताएका छन्। 

बुटवलमा आज आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले उद्देश्य नमिलेका तत्वहरू बाहिरिएपछि पार्टी अनुशासित र गतिशील भएको बताएका हुन्। 

‘पार्टी फुटेको छैन, उद्देश्य नमिलेका तत्वहरू पार्टी छोडेर बाहिरिएका हुन्,’ उनले भने, ‘तीन वर्षदेखि संवैधानिक आयोग बन्न सकेका थिएनन्, उहाँहरू (दाहाल–नेपाल समूह) हट्नु भयो आयोगहरू बने, तगारो को रहेछ ?’

प्रधानमन्त्री ओलीले अहिले दाहाल–नेपाल समूह संकीर्ण डम्फु बजाइरहेको बताएका छन्। 

‘संसद् विघटन, चुनाव हुने, ताजा जनादेशका लागि जानु प्रतिगमन हो रे,’ उनले प्रश्न गरे, ‘जनतामा जानु पनि प्रतिगमन हुन्छ ? तपाईंहरू (दाहाल–नेपाल समूह)ले कस्तो व्यवस्था खोजेको ?’

प्रकाशित: Feb 13, 2021| 10:28 शनिबार, फागुन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।