शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद विघटन गरेर ओलीले सहमतिमाथि विश्वास घात गरे : पौडेल

संसद विघटन गरेर ओलीले सहमतिमाथि विश्वास घात गरे : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर हिजो भएको सहमतिमाथि विश्वास घात गरेको आरोप लगाएका छन्।
 |  शनिबार, फागुन १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १, २०७७

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर हिजो भएको सहमतिमाथि विश्वास घात गरेको आरोप लगाएका छन्।

जसपा संघीय परिषद्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको ‘गुमनाम आमाहरुको कथा’ नामक पुस्तक लोकापर्ण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘राष्ट्रिय आत्मविश्वासको संकट भयो। यति ठूलो विश्वास घात भयो। संघर्ष गरेर संविधान लोकतन्त्र ल्याऔं’, उनले भने, ‘संविधान बनाउँदा बसेर छलफल गर्‍यौँ। ६ वर्ष लगाएर संविधान बनाइयो। ओलीजी पनि बसेर बनाएको आज सहमति तोड्ने काम भयो।’

केपी ओलीले जनताको मतमाथि विश्वास घात गरेको भन्दै अहिलेको परिस्थितिलाई कसरी अगाडि बढाउने भन्ने ठूलो चुनौती रहेको पौडेलले बताए।

‘एउटा अपराधलाई ढाक्न अर्को ठूलो अपराध गर्ने प्रवृति देशमा बढेको छ। सोच्ने विचार गर्ने चिन्तन गर्नेतर्फ नाफा नोक्सानीको हिसाबले मात्रै चल्न भएन। भावनात्मक पक्ष पनि हेर्नुपर्‍यो,’ उनले भने।

प्रकाशित: Feb 13, 2021| 10:21 शनिबार, फागुन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।