शुक्रबार, भदौ १९, २०८३

ओली सरकारले कीर्तिमानी काम गरेको छ : विष्णु पौडेल

ओली नेतृत्वको नेकपाका महासचिव विष्णु पौडेलले केपी ओली नेतृत्वको सरकारले कीर्तिमानी कामहरु गरेको बताएका छन्।
 |  शनिबार, फागुन १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १, २०७७

काठमाडौं- ओली नेतृत्वको नेकपाका महासचिव विष्णु पौडेलले केपी ओली नेतृत्वको सरकारले कीर्तिमानी कामहरु गरेको बताएका छन्।

अर्थमन्त्रीसमेत रहेका पौडेलले पार्टीभित्र विभिन्न स्वार्थ समूहहरुले काम गर्न नदिँदा नदिँदै पनि ओली नेतृत्वको सरकारले एतिहासिक र कीर्तिमानी कामहरु गरेको जिकिर गरे। 

उनले भने, ‘पार्टीभित्रको दाउपेचका बाबजुद पनि यो सरकारले इतिहासमा नभएको काम गरेको छ, हामीले समृद्धिको दिशामा मुलुकलाई अगाडि बढाएका छौँ, राजनीतिक स्थायित्व कायम गर्दै मुलुकलाई समृद्धितर्फ लिएर जानुछ, केपी ओलीको नेतृत्वमा मुलुकमा समाजवाद स्थापना गरेर छाड्नेछौँ।’

उनले पार्टीका विषयमा कतिपयले भ्रम छर्ने कोसिस गरिरहेको भन्दै आफूहरुसँग यति ठूलो जनमत रहेकाले आफूहरुले नै आधिकारिकता प्राप्त गर्ने दाबी गरे। उनले भने ओली नेतृत्वकै नेकपाले पार्टी र छाप प्राप्त गर्ने बताए।

उनले भने, ‘केपी ओलीको नेतृत्वमा हामीले हिजो संविधान निर्माणको अगुवाई गर्‍यौँ, आज समृद्धिको अगुवाई गरिरहेका छौँ, अब समाजवादको अगुवाई गर्छौँ।’

उनले नेकपाबाट केही स्वार्थी तत्वहरु किनारा लागेको भन्दै अलमलमा परेकाहरुलाई पार्टीमा फर्किन आग्रह गरे। पौडेलले बुटवलमा आएका पार्टीका कार्यकर्ताहरुलाई फर्किएर चुनावको तयारी गर्न निर्देशन दिए।

उनले आगामी बैसाख १७ र २७ मा चुनाव भएरै छाड्ने ठोकुवा गरे।

प्रकाशित: Feb 13, 2021| 09:59 शनिबार, फागुन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।