बुटवल – नेकपा ओली समूहको आमसभा बुटवलमा सुरु भएको छ।
बुटवलका विभिन्न चोकबाट प्रधानमन्त्रीको समर्थनमा नाराबाजी गर्दै सुुरु भएको प्रदर्शन आमसभास्थल बुटवल सुख्खानगर सिदेश्वर पुगेको छ।
अहिले सभास्थलमा औपचारिक कार्यक्रम सुरु भएको छ।
सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।
