शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतको पटाका उद्योगमा आगलागी, कम्तीमा १९ जनाको मृत्यु

भारतको पटाका उद्योगमा आगलागी, कम्तीमा १९ जनाको मृत्यु

भारतको एउटा पटाका उद्योगमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ। 
 |  शनिबार, फागुन १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १, २०७७

भारत – भारतको एउटा पटाका उद्योगमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ। 

घटनाका कारण अरू केही घाइतेसमेत भएको सरकारी अधिकारीहरूले शनिबार जानकारी दिएका छन्।

तमिलनाडु प्रदेशको भृदुनगर जिल्लामा शुक्रबार घटना भएको हो। 

यो घटना यस वर्षकै यस प्रदेशकै सबैभन्दा ठूलो नराम्रो घटना भएको अधिकारीहरूले जनाएका छन्। 

स्थानीय अधिकारी आर कन्नानले मृतकको सङ्ख्या अझै बढी हुन सक्ने बताए। उनका अनुसार केही घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने देखिएको हो। 

‘घटनामा परी अरू ३४ भन्दा बढी घाइते भएका छन्, उनीहरू सबैको अहिले उपचार भइरहेको छ, उनीहरूमध्ये केही व्यक्तिको शरीरका धेरै भाग जलेका छन्, त्यसैले उनीहरूको अवस्था गम्भीर रहेको छ,’ उनले भने। 

कन्नानले दिएको जानकारीअनुसार आगलागी भएका बेला उद्योगमा झण्डै ७४ जना मानिस रहेका थिए। 

स्थानीय सञ्चार माध्यमहरूले आगलागी भएको उद्योग अवैध तरिकाले सञ्चालन भइरहेको बताएको छ। 

प्रहरीले अहिले उद्योगका बारेमा र आगलागीको घटनाका बारेमा अनुसन्धान गरिरहेको छ। 

घटनाका बारेमा थाहा पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै राहत दिने घोषणा गरेका छन्। 

उनले मृतकहरूलाई परिवारलाई दुई लाख रूपैयाँका दरले दिने घोषणा गरेका हुन्।

प्रकाशित: Feb 13, 2021| 08:11 शनिबार, फागुन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।