आइतबार, असोज ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्थानीय व्यावसायिक क्रियाकलापसँग सहकार्य गर्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

स्थानीय व्यावसायिक क्रियाकलापसँग सहकार्य गर्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय रुपमा सम्भावित व्यवसायहरु पहिचान गरेर उद्योग व्यवसायको क्षेत्रलाई थप अगाडि बढाउन आग्रह गरेका छन्।
 |  शुक्रबार, माघ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३०, २०७७

रुपन्देही– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय रुपमा सम्भावित व्यवसायहरु पहिचान गरेर उद्योग व्यवसायको क्षेत्रलाई थप अगाडि बढाउन आग्रह गरेका छन्।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले शुक्रबार आयोजना गरेको स्वागत कार्यक्रममा ढकालले उद्योग, व्यवसाय सञ्चालनका क्रममा उद्यमीहरुले सामना गर्नुपरेका समस्या सुल्झाउन महासंघको वर्तमान नेतृत्वले एक ढिक्का भएर गम्भीरतापूर्वक कार्य गरिरहेको बताए।

उनले भने, “स्थानीय कतिपय समस्या स्थानीय संघले नै सुल्झाउने गरेको छ, र त्यो कार्य गर्न संघहरु नै सक्षम छन्। तर कतिपय विषय केन्द्रस्तरमा उठाउनु पर्ने हुन्छ, नीतिगत लबी गर्नुपर्ने हुन्छ, र त्यसका लागि महासंघ सधैं तत्पर छ।”

वरिष्ठ उपाध्यक्ष ढकालले आफूलाई निर्वाचित गराउन रुपन्देही संघले गरेको साथ, सहयोग र समर्थनप्रति पनि आभार व्यक्त गरे।

चुनावका बेलाजस्तो अहिले महासंघभित्र पक्ष, विपक्ष रहेको छैन भन्दै उनले अब हुन लागेका संघहरुका चुनावमा पनि सकभर सहमति र सर्वसम्मत विधिबाट नेतृत्व चुन्न आग्रह गरे।
 

प्रकाशित: Feb 12, 2021| 13:00 शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्