आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बैंक तथा वित्तीय संस्थामा खुम्चिँदै तरलता, अन्तरबैंक ब्याजदर बढ्यो

बैंक तथा वित्तीय संस्थामा खुम्चिँदै तरलता, अन्तरबैंक ब्याजदर बढ्यो

त्यस्तै तरलता अभाव चुलिदै गएपछि बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक कारोबार पनि बढ्दै गएको छ भने सो को ब्याजदरमा पनि वृदि्ध हुन थालेको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलले जानकारी दिए।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं‐ पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिन थालेको छ। साउन १७ गतेसम्ममा बैंक तथा वित्तीय संस्थामा ३४ अर्ब ७७ करोड रुपैयाँ मात्र तरलता छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थासँग १ खर्ब २२ अर्ब रुपैयाँ खुद तरलता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

त्यस्तै तरलता अभाव चुलिदै गएपछि बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक कारोबार पनि बढ्दै गएको छ भने सो को ब्याजदरमा पनि वृदि्ध हुन थालेको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलले जानकारी दिए। 

साउन १५ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक व्याजदर जम्मा ०.११ प्रतिशत रहेको थियो तर तरलता अभाव हुँदै गएपछि ब्याजमा वृदि्ध भएर सोमबारसम्ममा १.६ प्रतिशत पुगको सहप्रवक्ता पोखरेलले नेपाल समयलाई जानकारी दिए। गत असार ३१ गते अन्तरबैंक व्याजदर ०.६४ प्रतिशत रहेको थियो। बैंकहरुले आक्रामक रुपमा कर्जा विस्तार गरेपछि बजारमा तरलता कम हुँदै गएको हो। 

साउन लागेपछिका १७ दिनमा मात्रै बैंक तथा वित्तीय संस्थाले ८८ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेका छन्।

प्रकाशित: Aug 02, 2021| 21:29 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्