काठमाडौं– सिद्धार्थ बैंक लिमिटेड र काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख (कार्ड) रविन मल्ल र सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका तर्फबाट निर्देशक (बिक्री तथा बजार व्यवस्थापन) प्रभाकर खड्काले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीअन्तर्गत देशभर रहेका होटल, रेष्टुरेन्ट, रिसोर्ट तथा क्याफेहरुमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ, इन्टरनेट बैैंकिङमार्फत होटल बसाइ, खाना, बेबरेजका लागि भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
यस सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।