शनिबार, असार २७, २०८३

नेयमार एक महिना मैदान बाहिर रहने

ब्राजिलियन स्ट्राइकर नेयमार अब एक महिना मैदानबाहिर रहने भएका छन्।
 |  शुक्रबार, माघ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३०, २०७७

काठमाडौं – ब्राजिलियन स्ट्राइकर नेयमार अब एक महिना मैदानबाहिर रहने भएका छन्।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)को कोपा डी फ्रान्सको खेलमा घाइते भएका नेयमार एक महिना मैदान बाहिर रहने क्लबले जनाएको छ।

फ्रेन्च कपमा काइनविरुद्धको खेलका क्रममा चोट लागेपछि उनी अहिले उपचाररत छन्।

उक्त खेलपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक माउरिसिया पोचेतिनोले भनेका थिए, ‘उनी एडक्टर डिस्कफर्टका कारण चोटग्रस्त बनेका हुन्। तर, चोट कति गहिरो छ भन्ने कुरा अहिल्यै भन्न सकिँदैन।’

उनको चोटको जाँचपछि उनी ‘सेकेन्ड ग्रेट टियर इन एडक्टर मसल’ रहेको पत्ता लागेको पीएसजीले बताएको छ।

मेडिकल रिपोर्टका अनुसार चोटको प्रकृति हेरेर बढीमा उनले चार हप्ता आराम गर्नुपर्ने छ। 

यसकारण नेयमारले च्याम्पियन्स लिगअन्तर्गत पहिलो लेगको खेल पनि गुमाउने भएका छन्।

बार्सिलोनाको क्याम्प नोउमा हुने अन्तिम १६ खेलमा नेयमारको उपस्थिति नहुने भएको छ।

बार्सिलानाविरुद्धको खेल फेब्रुअरी १७ मा हुँदैछ।

प्रकाशित: Feb 12, 2021| 07:11 शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।