आइतबार, असोज ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंकका ग्राहकले डेबिट कार्ड अनलाइनमार्फत ब्लक गर्न सक्ने

एनआईसी एशिया बैंकका ग्राहकले डेबिट कार्ड अनलाइनमार्फत ब्लक गर्न सक्ने

एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सहज सुविधाको शुभारम्भ गरेको छ। 
 |  शुक्रबार, माघ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३०, २०७७

काठमाडौं– एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सहज सुविधाको शुभारम्भ गरेको छ। 

समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी डेबिट कार्ड हराए वा बिग्रिए तथा आपतकालिन अवस्थामा त्यसलाई ब्लक गर्न सक्ने सेवा ग्राहक महानुभावहरू सामुन्ने ल्याएको छ । 

ग्राहकलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइटमा रहेको आईसर्भ डिजिटल सेवामार्फत डेबिट कार्ड ब्लक गर्न सकिने व्यवस्था मिलाएको छ। उक्त आइसर्भभित्र कार्ड सर्भिसेसमा क्लिक गरी सेवाग्राहीहरूले बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी भेरीफाइ गरेपश्चात् तत्काल स्वचालित रुपमा कार्ड ब्लक हुने व्यवस्था गरिएको छ। 

ग्राहकको आवेदन अनुसारको डेबिट कार्ड ब्लक भएपश्चात् बैंकले ग्राहकलाई एसएमएस मार्फत खबर गर्ने व्यवस्था समेत बैंकले गरेको छ। 
 

प्रकाशित: Feb 12, 2021| 06:51 शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्