काठमाडौं– सिद्धार्थ बैंक लिमिटेड र काठमाडौंको गैह्रीधारा स्थित ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पा बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख–बिजनेस सपोर्ट–पेमेण्ट सोलुसन्स सुरेशराज महर्जन र ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सि। एन पाण्डेले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बैंकका ग्राहकले चितवन, पोखरा र काठमाडौंमा रहेको ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पामा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ, इन्टरनेट बैैंकिङबाट होटल बसाई सेवाको भुक्तानी गर्दा ३५ प्रतिशतसम्मको छुट र खाना, बेबरेज तथा कार्यक्रम सेवाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।