आइतबार, असोज ४, २०८३

महिला लघुवित्तको आईपीओ खुल्यो, फागुन ५ सम्म म्याद

महिला लघुवित्त वित्तीय संस्थाको चार करोड रूपैयाँ बराबरको चार लाख कित्ता प्राथमिक शेयर (आईपीओ) आजदेखि खुलेको छ। 
 |  शुक्रबार, माघ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ३०, २०७७

काठमाडौं - महिला लघुवित्त वित्तीय संस्थाको चार करोड रूपैयाँ बराबरको चार लाख कित्ता प्राथमिक शेयर (आईपीओ) आजदेखि खुलेको छ। 

जारी भएको आईपीओमध्ये ०.५ प्रतिशत अर्थात् पाँच हजार कित्ता शेयर कर्मचारी र ५ प्रतिशत अर्थात् २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने तीन लाख ७५ हजार कित्ता शेयरमा मात्र सर्वसाधारणले आवेदन दिन सक्ने छन्। 

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रूपैयाँका दरले न्यूनतम १० कित्ता र बढीमा एक हजार कित्तासम्म शेयर आवेदन दिन सकिन्छ। 

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत् पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ। आजदेखि खुलेको आईपीओमा फागुन ५ गतेसम्म आवेदन दिन सकिनेछ।

लघुवित्तको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ डबल बी’ रेटिङ प्रदान गरेको छ। 

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैकिङ लिमिटेड रहेको छ भने प्रत्याभूतकर्ता प्रभु क्यापिटल रहेको छ।

प्रकाशित: Feb 12, 2021| 06:49 शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्