काठमाडौं– आज (बिहीबार) मध्यान्ह पक्राउ परेकी नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री अहिले साँझ रिहा भएकी छन्।
शंखमूलस्थित निवासबाट समातेर बानेश्वरमा रहेको महानगरीय प्रहरी अपराध महाशाखामा ल्याइएकी झाँक्रीलाई प्रहरीले अहिले छोडिदिएको हो।
हालै आयोजित सार्वजनिक कार्यक्रमहरुमा राष्ट्रपति तथा प्रधानमन्त्रीविरुद्ध नकारात्मक अभिव्यक्ति दिएकी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको थियो। उनी नआएपछि प्रहरीले घरमै गएर ल्याएको हो।
रिहा भएपछि उनले आफूले कसैकाे मानमर्दन नगरेकाे भन्दै अभिव्यक्ति स्वतन्त्रताका लागि लडिरहने बताइन्।
झाँक्री रिहाइको माग गर्दै आजै अधिवक्ता गुणराज आचार्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन्। रिटको पेसी आइतबारका लागि तोकिएको छ।