काठमाडौं– प्रतिनिधि सभाकी सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी उनको निवास पुगेको छ।
झाँक्रीलाई राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ को कसुरको अनुसन्धानको लागि पक्राउ गर्नुपर्ने प्रहरीले जनाएको छ।
डीएसपी सुधीर शाही पक्राउ पुर्जी लिएर झाँक्री निवासभित्र गएका छन्। निवास वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
