शुक्रबार, भदौ १९, २०८३

अधिनायकवादीको प्वाँख पलाएपछि यस्तै हुन्छ : झाँक्री

नेकपा दाहाल–नेपाल निकट नेतृ रामकुमारी झाँक्रीलाई पक्राउन गर्न प्रहरी उनको घरमा पुगेको छ। 
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

 काठमाडौं - नेकपा दाहाल–नेपाल निकट नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको घरमा पुगेको छ। 

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको विषयमा स्पष्टीकरणका लागि प्रहरीले केहीबेर अघि उनलाई बोलाएको थियो। 

उनी उपस्थित नभएपछि प्रहरी उनको शंखमुलमा पुगेको छ। सार्वजनिक रुपमा नेतृ झाँक्रीले राष्ट्रपतिको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरी उनलाई पक्राउ गर्न उनको घरबाहिर पुगेपछि झाँक्रीले भनिन्, ‘यो अधिनायकवादीको प्वाँख पलाएको संकेत हो।’ 

प्रहरीले आफूलाई कुनै अभियोग वा कारणसहितको पत्र नदिएको बताइन्। झाँक्रीको घरमा पुगेका सञ्चारकर्मीसँग उनले भनिन्, ‘लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता भन्ने कुरा हुन्छ, यहाँ त बोलेकै भरमा घरमै प्रहरी पठाएर पक्राउको तयारी गरिएको छ। योभन्दा अधिनायकवादी वा निरंकुश शैली अरु के हुन सक्छ?’ 

उनले वर्तमान सरकार (राष्ट्रपति र प्रधानमन्त्री) मिलेर चालेका कदमविरुद्ध जारी आन्दोलनका क्रममा आफूले दिएको अभिव्यक्ति राजनीतिक मुद्दा भएको जिकिर गरिन्।

‘न कुनै अभियोग छ, न कुनै आरोप’, उनले भनिन्, ‘विना अभियोग, कुनै पत्र नदिएरै पक्राउ गर्न घरमै प्रहरी पठाउने योभन्दा ठूलो राज्य आतंक अरु के हुन सक्छ।’

झाँक्रीको घरवरपर प्रहरीको बाक्लो उपस्थिति छ। प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरे पनि उनका समर्थकले नाराबाजी गरिरहेका छन्। 

प्रकाशित: Feb 11, 2021| 06:26 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।