शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अध्यागमन विभागले भन्यो– महिलालाई विदेश जान सिफारिस चाहिने निर्णय भएको छैन

अध्यागमन विभागले भन्यो– महिलालाई विदेश जान सिफारिस चाहिने निर्णय भएको छैन

अध्यागमन विभागले ४० वर्षमुनिका महिला एक्लै विदेश जाँदा परिवार र वडाको सिफारिस चाहिने विषयमा कुनै निर्णय नभएको बताएको छ। 
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काठमाडौं– अध्यागमन विभागले ४० वर्षमुनिका महिला एक्लै विदेश जाँदा परिवार र वडाको सिफारिस चाहिने विषयमा कुनै निर्णय नभएको बताएको छ। 

बिहीबार विज्ञप्ति जारी गर्दै विभागले आन्तरिक छानबिन कार्यदलबाट सुझाव आएको तर हालसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको हो। 

विज्ञप्तिमा खाडी र अफ्रिकी मुलुकजस्ता जोखिम सम्भाव्य मुलुकमा पहिलोपटक एक्लै यात्रा गर्ने महिलाको लागि सिफारिस आवश्यक पर्ने सुझाव आएको उल्लेख गरिएको छ।  

त्यस्तै, आफ्नो यात्राबारे सामान्य जानकारीसमेत नभएका महिलाको लागि परिवार र वडाको सिफारिस आवश्यक पर्न सक्ने आन्तरिक छानबिन कार्यदलले सुझाव दिएको पनि विभागले जनाएको छ। 

विज्ञप्तिमा लेखिएको छ– ‘सार्वजनिक सरोकारका विषयमा निर्णय गर्दा संविधान प्रदत्त अधिकार, विश्वव्यापी मान्यता, आमजनताको धारणा र मौलिक अधिकार कुण्ठित नहुने गरी निर्णय हुने जानकारी गराइन्छ।’
 

प्रकाशित: Feb 11, 2021| 05:22 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।