शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलायो

रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलायो

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध कडा अभिव्यक्ति दिएर चर्को विवादमा परेकी नेकपा दाहाल–नेपाल पक्षीय नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि महानगरीय अपराध महाशाखामा बोलाएको छ। 
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

काठमाडौं- राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध कडा अभिव्यक्ति दिएर चर्को विवादमा परेकी नेकपा दाहाल–नेपाल पक्षीय नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि महानगरीय अपराध महाशाखामा बोलाएको छ।

महाशाखाका प्रमुख एसएसपी दिपक थापाले सोधपुछका लागि महाशाखा बोलाइएको जानकारी दिए। 

देशका विभिन्न ठाउँमा भएका विरोध सभामा उनले राष्ट्रपतिविरुद्ध कडा अभिव्यक्ति दिएको भन्दै चर्को विरोध भएको छ।

केही दिनअघि ओली निकट अखिल नेपाल महिला संघले पनि कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो। 

प्रहरी स्रोतका अनुसार गृह मन्त्रालयको निर्देशनपछि महानगरीय अपराध महाशाखाले उनलाई सोधपुछका लागि बोलाएको हो। 

झाँक्रीमाथि राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेको आरोप लगाइएको छ। हिजोको विरोधसभामा पनि उनले खुलेरै राष्ट्रपति र प्रधानमन्त्रीको कडा विरोध गरेकी थिइन्।

प्रकाशित: Feb 11, 2021| 05:12 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।