शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस नेता गोविन्दराज जोशीको कारबाही फिर्ता गर्न सिफारिस

कांग्रेस नेता गोविन्दराज जोशीको कारबाही फिर्ता गर्न सिफारिस

कांग्रेस तनहुँले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारबाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ। 
 |  बिहीबार, माघ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०७७

दमौली- कांग्रेस तनहुँले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारबाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ। 

भानु नगरपालिका १० का कांग्रेस कार्यकर्ताले जोशीमाथिको कारबाही फिर्ता लिन जिल्ला समितिलाई बुझाएको पत्र केन्द्रलाई पठाउने निर्णय भएको जिल्ला कार्यवाहक सभापति जितप्रकाश आलेले जानकारी दिए। 

गत प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार  कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको भन्दै जिल्ला समितिको सिफारिसमा केन्द्रीय अनुशासन समितिले जोशीलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो। 

निर्वाचनमा जोशीको उम्मेदवारी पौडेलको दावी विरोधपछि निर्वाचन आयोगले रद्द गरेको थियो। उम्मेदवार बन्न नपाएका जोशीले नेकपाका उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई सघाएको आरोप लागेको थियो। 

‘जोशीमाथि केन्द्रले गरेको कारवाही फिर्ता लिन जिल्ला समितिमा निवेदन आएको छ, केन्द्रले कारवाही गरेकाले उक्त निवेदन केन्द्रमा नै पठाइदिन लागेका हौँ’, आलेले भने। 

प्रकाशित: Feb 11, 2021| 01:33 बिहीबार, माघ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।