शुक्रबार, भदौ १९, २०८३

पेट्रोल, डिजेल र ग्यासको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धि गरेको छ।
 |  बुधबार, माघ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २८, २०७७

काठमाडौं- नेपाल आयल निगमले पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धि गरेको छ। बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले तीनै इन्धनको मूल्य बढाएको हो।

पेट्रोल र डिजेलमा प्रतिलिटर २–२ रुपैयाँका दरले मुल्य वृद्धि गरेको निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिलिसिलिण्डर २५ रुपैयाँका दरले मूल्य बढाएको छ।

बुधबारको मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर ११२ रुपैयाँ, डिजलेको मूल्य प्रतिलिटर ९५ रुपैयाँ र ग्यासको मूल्य प्रतिसिलिण्डर १४ सय रुपैयाँ कायम भएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य बढाइएको जानकारी दिए।

मूल्य बढाएपश्चात पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ १६ पैसा, डिजेलमा ३ रुपैयाँ र ग्याँसमा प्रतिसिलिण्डर २९५ रुपैयाँ ८३ पैसा घाटा रहेको निगमले दाबी गरेको छ।

यसरी घाटा हुँदा निगमलाई अर्धमासिक रुपमा ७३ करोड ८७ लाख रुपैयाँ घाटा हुने निगमको दाबी छ।

प्रकाशित: Feb 10, 2021| 14:57 बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।