शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ललिता निवास जग्गा प्रकरण : ‘मुख्य अभियुक्त’ शोभाकान्त ढकाल थुनामा

ललिता निवास जग्गा प्रकरण : ‘मुख्य अभियुक्त’ शोभाकान्त ढकाल थुनामा

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाएर भ्रष्टाचार गरेको आरोपमा मुख्य अभियुक्त मानिएका शोभाकान्त ढकाललाई थुनामा गएका छन्।
 |  बुधबार, माघ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २८, २०७७

काठमाडौं- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाएर भ्रष्टाचार गरेको आरोपमा मुख्य अभियुक्त मानिएका शोभाकान्त ढकाललाई थुनामा गएका छन्।

बयानका लागि बुधबार विशेष अदालतमा उपस्थित भएका उनलाई थुनछेक बहसपछि थुनामा पठाउने आदेश गरेको प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए।

अदालतको आदेशसँगै ढकाललाई पूर्पक्षका लागि डिल्लीबजार कारागार पठाइएको छ। 

न्यायाधीशहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको प्रवक्ता पाण्डेयले जानकारी दिए।

ललिता निवासको जग्गा व्यक्तिको बनाएर भ्रष्टाचार गर्न काममा उनले मुख्य भूमिका खेलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले देखाएको थियो। 

अनुसन्धान सुरु भएदेखि नै उनी फरार थिए। गत फागुनमा अख्तियारले ११० जनालाई अभियुक्त बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो। म्याद जारी भएको करिब एक वर्षपछि ढकाल आज विशेष अदालतमा उपस्थित भएका थिए।

सोही मुद्दामा विशेष अदालतले अख्तियारका पूर्व प्रमुख आयुक्त दीपकुमार बस्न्यातलाई पनि थुनामा पठाउने आदेश गरेको थियो। बस्न्यातले विशेषको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन पेश गरिसकेका छन्।

सर्वोच्चले विशेषबाट कैफियत मगाउने आदेश पनि गरिसकेको छ। हालसम्म विशेषमा ६३ प्रतिवादी विशेषमा हाजिर भएका छन्। ४७ जना आरोपितहरू उपस्थित हुन बाँकी छ। मुद्दा दायर भएकामध्ये कांग्रेस नेता विजय गच्छादारको अझै म्याद तामेल भइसकेको छैन। 

केही दिनअघि सोही मुद्दामा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पनि विशेष अदालतमा उपस्थित भएका थिए। उनीसँग अदालतले २ करोड रुपैयाँ धरौटी माग्ने आदेश गरेको थियो। उनी २ करोड बराबरको बैंक ग्यारेन्टी राखेर रिहा भएका थिए।

प्रकाशित: Feb 10, 2021| 14:52 बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।