शुक्रबार, भदौ १९, २०८३

नक्कली सुन दिएर ५५ लाख ठगी

काठमाडौँमा एउटा आपराधिक समूहले एक किलो नक्कली सुन दिएर ५५ लाख ठगी गरेको छ।
 |  बुधबार, माघ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २८, २०७७

काठमाडौं- काठमाडौँमा एउटा आपराधिक समूहले एक किलो नक्कली सुन दिएर ५५ लाख ठगी गरेको छ।

उक्त समूहले काठमाडौँको ताहाचल बस्ने एक व्यक्तिलाई सुन जस्तो देखिने एक किलो पहेंलो धातुलाई सक्कली सुन हो भन्दै ५५ लाख रुपैयाँ ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ।

महाशाखाको टोलीले ठगी गरेको आरोपमा छ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँलाई बुझाएको छ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका– १६ बस्ने काभ्रेका ३२ वर्षीय सन्तबहादुर लामा, काठमाडौँ तार्केश्वर नगरपालिका– ५ शान्तिटोल बस्ने नुवाकोटका ४५ वर्षीय ऋषमान घले, मेख तामाङ, जेरी तामाङ, राज तामाङ र काठमाडौँ महानगरपालिका ताहाचल बस्ने झापाका अभयकुमार चौधरी रहेका छन्।

यही माघ ११ गते उक्त सुन जस्तो देखिने एक किलो पहेंलो धातु सक्कली सुन हो भन्दै ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको थियो।

उनीहरुको साथबाट प्रहरीले रु नौ लाख ५० हजार नगदसहित ठगी गरेको रकमबाट खरीद गरेको मोटरसाइकल र पाँच वटा मोबाइल बरामद गरेको छ। रासस

प्रकाशित: Feb 10, 2021| 14:15 बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।