शुक्रबार, भदौ १९, २०८३

खाग तस्कर गरेको अभियोगमा १४ जना पक्राउ

दुर्लभ एकसिङ्गे गैँडाको खाग बिक्री गरेको अभियोगमा १४ जना पक्राउ परेका छन्। 
 |  बुधबार, माघ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २८, २०७७

चितवन– दुर्लभ एकसिङ्गे गैँडाको खाग बिक्री गरेको अभियोगमा १४ जना पक्राउ परेका छन्। 

चितवन राष्ट्रिय निकुञ्जले बुधबार पत्रकार सम्मेलनमार्फत् अभियुक्तहरूलाई सार्वजनिक गरेको हो। 

निकुञ्ज प्रशासन, नेपाली सेनाको बटुक दल गण, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई देशका विभिन्न ठाउँबाट पक्राउ गरेको हो। 

अभियोग लागेका १८ जना फरार छन्। चालू आर्थिक वर्षको ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारीबाट मारिएका चार गैँडा फेला परेका थिए। 

पक्राउ परेकाहरुको साथबाट एउटा गाडी, दुईटा मोटरसाइकल, पत्रिका काटेर पैसा जस्तो बनाएको २३ बण्डल र ४१ लाख बराबरको बैंक भौचर ६ थान बरामद गरिएको छ। 

रासस
 

प्रकाशित: Feb 10, 2021| 12:36 बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।