शुक्रबार, भदौ १९, २०८३

निर्वाचन आयोगले गतिलो लक्षण देखाएको छैन : दाहाल

नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको टिप्पणी गरेका छन्।
 |  बुधबार, माघ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २८, २०७७

काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको टिप्पणी गरेका छन्।

काठमाडौंमा आज आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

‘७० प्रतिशत बहुमत हुँदाहुँदै अन्य निर्णय गर्छ भने त्योभन्दा नराम्रो केही हुँदैन,’उनले भने,‘निर्वाचन आयोगलाई हिजो गएर खबरदारी भनेछन् ओलीले। कसैको धम्कीबाट खुट्टा नकमाउनुस्।’

उनले थपे, ‘हाम्रो बहुमतको हिसाब नगर्ने अनि ओलीले धम्काउनेबितिक्कै केही गलत भएमा जनतालाई कम नठान्नु होला। कुनै पनि संवैधानिक निकायले नठान्नुहोला,’ उनले भने,‘खेलाँची नठान्नुहोला कसैले पनि। तर पनि मलाई विश्वास छ।’

अदालतले छिटो गरोस् र निर्वाचन आयोग खुट्टा नकमाउ मात्र भनेको उनको प्रष्टीकरण थियो।

प्रकाशित: Feb 10, 2021| 10:59 बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।