शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लोकतन्त्रका हत्यारा ओलीलाई पशुपतिनाथले माफ गर्दैनन् : माधवकुमार नेपाल

लोकतन्त्रका हत्यारा ओलीलाई पशुपतिनाथले माफ गर्दैनन् : माधवकुमार नेपाल

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई पशुपतिनाथले माफी नदिने बताएका छन्। 
 |  बुधबार, माघ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २८, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई पशुपतिनाथले माफी नदिने बताएका छन्। 

संसद् विघटनको विरोधमा बुधबार राजधानीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै  अध्यक्ष नेपालले ओलीले मदन भण्डारीको नाम जप्न छोडेर पशुपतिको नाम जप्न थालेको बताए। 

‘ओलीले लाखौं जनताको भावना बुझ्न सकेनन्। ओलीजीले मदन भण्डारीको नाम जप्नुहुन्थ्यो। आज त्यो पनि बिर्सिनुभयो। अहिले पशुपतिको नाम जप्न थाल्नुभएको छ,’ उनले भने,  ‘पशुपति जाँदा असल प्रवृत्तिका मानिसले मात्र पुण्य प्राप्त गर्छन्। संविधान मिच्ने, लोकतन्त्रको हत्यारालाई पशुपतिनाथले माफगर्दैनन्, केपी ओलीलाई चेतना भया।’ 

उनले देशभर बलात्कारका घटना बढेको र कारबाही भने हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरे।

‘बलात्कृत चेलीहरूको आत्माले ओली तिमीले कति जनालाई सजाय दियौ, जेल हाल्यौ? भनिरहेको छ। तर, लोकतन्त्र सिध्याउन लागेका ओलीलाई यसमा मतलब छैन। धिक्कार छ!’ उनले भने। 

नेता नेपालले आफूहरूको सभालाई हेर्न धरहरा चढ्नुपर्ने बताए। ‘हाम्रो सभाको पूरै दृश्य हेर्न धरहरा चढ्नुपर्छ। ओलीको सभामा केही हजार मानिस थिए। मानिस भडामा ल्याउँदा पनि सभा सानो भएछ र सिंगो ओली समूह निराश भएछ’, उनले भने।

प्रकाशित: Feb 10, 2021| 10:28 बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।