शुक्रबार, भदौ १९, २०८३

केपी ओलीको जमानत जफत हुन्छ : झलनाथ खनाल

नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओली चुनाव लडे जमानत जफत हुने दाबी गरेका छन्।
 |  बुधबार, माघ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २८, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओली चुनाव लडे जमानत जफत हुने दाबी गरेका छन्।

उक्त समूहले आज काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘मिस्टर केपी ओली ! तपाईंका खुट्टी हेर्दै थाहा पाइयो। तपाईंको जमानत जफत हुन्छ। अबको दुई वर्षपछि हुने निर्वाचनमा तपाईंको जमानत नै रहँदैन।’

आफूहरु कसैलाई प्रधानमन्त्री बनाउन नभई संविधान रक्षाका लागि लडेको तर्क उनले गरे। भने, ‘०६३ सालको जनआन्दोलनको भन्दा ठूलो आगो दन्किन्छ। तानाशाहीलाई अन्त्य गरिन्छ।’ 

प्रधानमन्त्री ओलीले दरबारमार्गमा राजा महेन्द्रको सालिकतिर फर्केर चुनाव गराउँछु भनेको स्मरण गराउँदै खनालले त्यस्तो आश्वास नपत्याइने बताए। 
 

प्रकाशित: Feb 10, 2021| 09:58 बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।