आइतबार, असोज ४, २०८३

८.६६ अंकले बढेर २५४३ विन्दुमा पुग्यो नेप्से 

बुधबार सेयर बजार परिसूचक (नेप्से) ८.६६ अंकले बढेको छ। बढेको बजार २५४३.०३ विन्दुमा पुगेर रोकिएको हो। 
 |  बुधबार, माघ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २८, २०७७

काठमाडौं– बुधबार सेयर बजार परिसूचक (नेप्से) ८.६६ अंकले बढेको छ। बढेको बजार २५४३.०३ विन्दुमा पुगेर रोकिएको हो। 

आज सेन्सेटिभ इन्डेक्स २.५६ अंकले बढेर ४६५.१३ विन्दुमा पुगेको छ। 

बुधबार १९१ कम्पनीको १ करोड ४९ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ६४ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

आज बैंकिङ समूहको सूचक २६.६१, होटल ४४, विकास बैंक १, फाइनान्स ३८ र निर्जिवन बिमा समूहको सूचक ६२ अंकले उकालो लागेको छ। 

त्यस्तै, व्यापार समूहको सूचक ९७.६७, उत्पादन ६९, अन्य ६, माइक्रोफाइनान्स ४४.९७, जीवन बिमा ११५.५९ र सामूहिक लगानी समूहको सूचक ०.०३ अंकले घटेको छ। 

आज गोखार्ज फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने साधना लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।    
 

प्रकाशित: Feb 10, 2021| 09:57 बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्