शुक्रबार, भदौ १९, २०८३

भागरथीको हत्यारा अझै पहिचान हुन सकेन

बैतडीको दोगडाकेदार–७ की १७ वर्षीया भागरथी भट्टको हत्या भएको ६ दिन बित्दा पनि हत्यारा पहिचान हुन सकेको छैन।
 |  बुधबार, माघ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २८, २०७७

काठमाडौं– बैतडीको दोगडाकेदार–७ की १७ वर्षीया भागरथी भट्टको हत्या भएको ६ दिन बित्दा पनि हत्यारा पहिचान हुन सकेको छैन। 

किशोरी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भए पनि प्रहरीले दोषी पहिचान गर्न नसकेको हाे।

घटनामा संलग्न दोषी पहिचान गरी पक्राउ गर्न नसक्दा भागरथीका परिवार तथा आफन्त र सर्वसाधारण अपराधी उम्किने चिन्तामा छन्।

पतिको निधन भएको ४५ दिन पनि नपुग्दै छोरी गुमाउनुपर्दा उनकी आमा द्रौपदी भट्ट थप पीडित भएकी छन्। 

यसैबीच आमा द्रौपदी भट्टलाई मानव अधिकारका लागि महिला, एकल महिला समूहका तर्फबाट न्यानो कपडा तथा खाद्यान्नको साथै आर्थिक सहयोग प्रदान गरिएको छ। 

देशमा महिला विरुद्धको बढ्दो हिंसा अन्त्य गर्न माग राख्दै बृहत् नागरिक आन्दोलनको अगुवाइमा शुक्रबार काठमाडौंमा महिला मार्च गरिने भएको छ।

बलात्कार र हत्या जस्तो यस जघन्य अपराधमा मौन नबस्न तथा संलग्न अपराधीलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न  मानव अधिकारका लागि महिला, एकल महिला समूहले सरकारसँग माग गरेको छ। 

प्रकाशित: Feb 10, 2021| 09:41 बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।