काठमाडौं– नेपाली कांग्रेसले भागरथी भट्टको हत्याको अध्यन गर्न नेता रमेश लेखकलाई जिम्मेवारी दिएको छ। कांग्रेस केन्द्रीय समितिले भट्ट हत्याको घटनाबारे स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गर्न लेखकलाई जिम्मेवारी दिएको हो।
‘गत माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको सनातन धर्म उच्च माविकी छात्रा भागरथी भट्टको बलात्कारपछि निर्मम हत्या भएको जघन्य घटनाबारे सरकारले गम्भीर र गहिरो ढंगले कारबाही गर्न आवश्यक छ,’ कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले लेखकलाई जिम्मेवारी तोकिएको पत्रमा भनिएको छ, ‘घटनाबारे स्थलगत अध्ययन गरी यथार्थ प्रतिवेदन पेश गर्न सभापतिज्यूको निर्देशानुसार तपाईंलाई केन्द्रीय प्रतिनिधिका रुपमा बैतडी खटाइएको व्यहोरा अनुरोध छ।’
कांग्रेसले देशभर हत्या, बलात्कारजस्ता जघन्य घटना बढेको भन्दै सरकार शान्ति सुरक्षाको संवेदनशिलतामा क्षमता प्रस्तुत गर्न असफल भएको जनाएको छ।