शुक्रबार, भदौ १९, २०८३

केपी ओलीका दिनगन्ती सुरु भइसके : सन्तकुमार चौधरी 

नेकपाको दाहाल-नेपाल समूहका केन्द्रीय सदस्य सन्तकुमार चौधरीले केपी ओलीका दिनगन्ती सुरु भइसकेको बताएका छन्।
 |  बुधबार, माघ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २८, २०७७

काठमाडौं- नेकपाको दाहाल-नेपाल समूहका केन्द्रीय सदस्य सन्तकुमार चौधरीले केपी ओलीका दिनगन्ती सुरु भइसकेको बताएका छन्।

दाहाल–नेपाल पक्षले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

‘सन्की प्रधानमन्त्री सनकको भरमा गणतन्त्र मास्ने काम भयो,’ उनले भने, ‘खबरदार केपी ओलीजी फेरि पनि एकपटक निरंकुशता र तानाशाहलाई फर्काउन खोज्दै हुनुहन्छ। अब जनता जागिसके तपाईलाई ढाली छाड्ने छ।’ 

जनता सडकमा उत्रिसकेकाले संघीयतालाई मास्न नपाइने उनको भनाइ छ। ‘दिनगन्ती सुरु भइसके गनेर बस्नु तपाईलाई समाप्त पार्ने आन्दोलन अघि बढिसकेको छ,’ उनले भने, ‘केपी ओलीलाई २० लाख थारुले बालुवाटारबाट घिसारेर सडकमा ल्याउने छ।’

प्रकाशित: Feb 10, 2021| 09:10 बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।