काठमाडौं- नेकपाको दाहाल-नेपाल समूहका केन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर शैलीमा अघि बढेको बताएका छन्।
काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले ओलीले हिटलरको शैली पछ्याइरहेको बताए।
‘ओलीको राष्ट्रवाद खोक्रो हो। राष्ट्रियता नजोगाउने र विकास विरोधी मानिस हो,’ उनले भने, ‘उनले न विकास गरे न देश बनाए।’
सम्बोधनका क्रममा उनले पटकपटक सायर र गजल बाचन गर्दै ओली प्रवृतिविरुद्ध व्यङ्ग गरे।
ओलीको प्रवृतिविरुद्ध आफूहरु लड्न तमतयार रहेको भन्दै प्रतिज्ञा गरेर अघि बढे प्रतिगमन सच्चिने उनले बताए।
ओलीले पार्टीलाई छिन्नभिन्न र संविधान तहसनहस गरिदिएको उनको आरोप छ।