काठमाडौं- सनराइज बैंककाे प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन्।
सञ्चालक समितिको मंगलबार बसेको बैठकले शर्मालाई सीईओ नियुक्त गरेको हो। शर्माले बुधबारबाट नै कार्यभार सम्हालेका छन्।
चार वर्षका लागि सीईओ नियुक्त भएका शर्मासँग बैंकिङ क्षेत्रको २२ वर्षे अनुभव छ। यसअघि माछापुच्छ्रे बैंकका सीईओ रहेका शर्माले गत फागुन २८ गते राजीनामा दिएका थिए।
सनराइजका सीईओ जनकराज शर्मा पौडेलले मंगलबार राजीनामा दिएका थिए। सञ्चालकसँगको आन्तरिक विवादपछि शर्माले राजीनामा दिएका हुन्। सीईओ र सञ्चालकबीचकाे विवाद नेपाल राष्ट्र बैंकसम्म पुगेको थियो।