काठमाडौं- नेकपा दाहाल-नेपाल समूहका केन्द्रीय सदस्य महफुज अन्सारीले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रप्रति गद्दारी गरेको आरोप लगाएका छन्।
दाहाल–नेपाल समूहले आयोजना गरेको विरोधसभामा बोल्दै उनले यस्तो बताएका हुन्।
‘यो राष्ट्रको गद्दार हो यस्तो गद्दार नेता नेपालमा राख्नु आवश्यक छैन,’ उनले भने, ‘ओलीको प्रतिगमन नसच्चिएसम्म हामी सडक संघर्षबाट पछि हट्दैनौं।’
उनले अदालतलाई आग्रह गर्दै सेटिङमा नपर्न भनेका छन्। उनले सम्बाेधनका क्रममा सेटिङ मुर्दावाद भन्दै नारासमेत लगाए।