शुक्रबार, भदौ १९, २०८३

‘राजतन्त्रको त घुँडा टेकाइयो ओली के हुन् र ?’

अखिल नेपाल महिला संघकी अध्यक्ष एवम् नेकपा केन्द्रीय सदस्य अमृता थापामगरले संस्थागत राजतन्त्रलाई त नेपाली जनताले घुँडा टेकाएको भन्दै ओलीको पनि दिन धेरै बाँकी नभएको बताएकी छन्।
 |  बुधबार, माघ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २८, २०७७

काठमाडौं- अखिल नेपाल महिला संघकी अध्यक्ष एवम् नेकपा केन्द्रीय सदस्य अमृता थापामगरले संस्थागत राजतन्त्रलाई त नेपाली जनताले घुँडा टेकाएको भन्दै ओलीको पनि दिन धेरै बाँकी नभएको बताएकी छन्।

दाहाल नेपाल समूहले आयोजना गरेको विरोधसभामा बोल्दै उनले यस्तो बताएका हुन्। 

‘माघ २३ गते ओलीले आशु चुहाउँदै अनुनय विनय गरेछन्। सरकार र पार्टीमा काम गर्न दिइएन भनेर,’ उनले भनिन्, ‘अब ओलीको प्रतिगमन नसच्चिएसम्म आन्दोलन कायमै रहनेछ।’

पार्टीभित्र र सरकारभित्रको काम ठिक ढंगबाट गर्न नसकेर संविधान ध्वस्त गर्ने काम ओलीबाट भएको उनले बताइन्।

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई अध्यारो सुरुङतर्फ धकेल्ने काम गरियो,’ उनले भनिन्, ‘भगिरथी भट्ट, निर्मला पन्तका हत्यारालाई कारबाही गर्न नसक्नेले धेरै ठूलो कुरा गर्ने ?’

नयाँ तानाशाही भएका प्रतिगमनका मतियारलाई आर्यघाट लैजान महिलाहरु तयार रहेको उनले बताइन्।

प्रकाशित: Feb 10, 2021| 08:42 बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।