काठमाडौं- विभाजित नेकपाको दाहाल-नेपाल पक्षकी केन्द्रीय सदस्य अञ्जना विशंखेले राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीको कार्यकर्ताको भूमिका निर्वाह गरेको आरोप लगाएकी छन्।
दाहाल–नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोधसभामा बोल्दै उनले यस्तो बताएकी हुन्।
‘तपाईले राष्ट्रपतिको हैसियतले संरक्षकको जिम्मेवारी बहन गर्नुभएन्,’ उनले भनिन्।
उनले कार्यक्रममा बलात्कारीहरुलाई संरक्षण गर्ने काम भएको भन्दै गृहमन्त्री रामबहादुर थापाको पनि चर्को आलोचना गरेकी छन्।