शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत हुन राष्ट्रपतिको आग्रह

भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत हुन राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत हुनुपर्ने बताएकी छन्। 
 |  बुधबार, माघ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २८, २०७७

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत हुनुपर्ने बताएकी छन्। 

आयोगको ३० औं स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएकी हुन्।

‘भ्रष्टाचार नियन्त्रणमा सबैको साझा दायित्व हुन्छ। सुशासन एउटा बहुआयामिक विषय हो,’ उनले भनिन्, ‘राजनीतिक, आर्थिक लगायत सम्रग क्षेत्रमा हुन सक्ने बेथिति अन्त गर्न सके मात्रै समष्टिगत रुपमा भ्रष्टाचार न्यूनिकरण हुँदै जानेछ।’ 

मुलुकमा भ्रष्टाचारको प्रभावकारी रुपमा नियन्त्रण हुन सकेन भने राज्यप्रणाली नै जरजर हुने भन्दै उनले त्यसका लागि भ्रष्टाचारविरुद्ध कडाइका साथ लाग्नुपर्ने बताइन्। 

अख्तियारको दुरुपयोग गर्नेलाई समयमा नै पहिचान गरेर दण्ड दिन सके मात्रै सुशासन कायम हुने उनको भनाइ छ।  

‘आयोगले भ्रष्टाचार र अख्तियारको दुरुपयोग विरुद्ध परेका छानबिन र अभियोगमा निष्पक्ष, तटस्थता र निर्भीक भएर काम गर्नेछ,’ उनले भनिन्, ‘भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्नका लागि सबैले निष्ठापूर्वक काम गर्नुपर्छ।’

निरोधात्मक, प्रवर्धनात्मक र उपचाररात्मक कदम कार्यान्वयनका लागि आयोग प्रभावकारी हिसाबले अघि बढ्नुपर्ने उनले सुझाव दिइन्।

प्रकाशित: Feb 10, 2021| 07:55 बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।