शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिहे गर्न काभ्रेदेखि पोखरा आएको एक जोडी प्रहरीको फन्दामा 

बिहे गर्न काभ्रेदेखि पोखरा आएको एक जोडी प्रहरीको फन्दामा 

बालविवाह गर्न खोज्ने एक जोडीलाई कास्की प्रहरीले नियन्त्रणमा लिएर आफन्तको जिम्मा लगाएको छ। 
 |  बुधबार, माघ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २८, २०७७

पोखरा– बालविवाह गर्न खोज्ने एक जोडीलाई कास्की प्रहरीले नियन्त्रणमा लिएर आफन्तको जिम्मा लगाएको छ। 

सोमबार काभ्रेबाट भागेर आएका बालबालिकालाई मन्दिरमा विवाह गर्न लग्दै गर्दा नियन्त्रणमा लिएर आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए। १८ वर्षीय केटा र १९ वर्षीया केटी काभ्रेबाट भागेर ५ दिन अगाडि हिँडेको प्रवक्ता हमालले बताए। 

उनीहरु काठमाडौं हुँदै पोखरा आएर विवाह गर्दैछन् भन्दै बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए।

सोही उजुरीका आधारमा खोजतलास गर्दै जाँदा पोखराकै एउटा मन्दिरमा विवाह गर्दै गर्दा भेटेर परिवारको जिम्मा लागएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। 
 

प्रकाशित: Feb 10, 2021| 07:45 बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।