काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आयोजना गरेको आमसभाका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनेको छ।
गन्तव्यमा गुडेका सवारी साधनलाई ट्राफिक प्रहरीले बीचबाटै अन्यत्र पठाइदिएपछि काममा हिँडेका सर्वसाधारण समस्यामा परेका हुन्।
मुख्य सडकबाट सवारी साधन ‘डाइभर्ट’ भएपछि गल्लीमा समेत जाम भएको छ।
ठूला गाडीलाई चक्रपथबाट भित्र छिर्न नदिइएको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध भृकुटीमण्डपमा आमसभा गर्दैछ।
११ बजेदेखि काठमाडौंको पाँच स्थानबाट जुलुस सुरु भएको छ।