शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संखुवासभाको उच्च हिमाली क्षेत्रमा हिमपात, जनजीवन कष्टकर

संखुवासभाको उच्च हिमाली क्षेत्रमा हिमपात, जनजीवन कष्टकर

भोटखोला गाउँपालिका-१ को किमाथाङ्कामा भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ।
 |  बुधबार, माघ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २८, २०७७

संखुवासभा – भोटखोला गाउँपालिका-१ को किमाथाङ्कामा भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ।

भोटखोलाको सो क्षेत्रमा शनिबारदेखि आजसम्म हिमपात भइरहेको कारण किमाथाङ्का र उत्तरी क्षेत्र चीनको देनडाङ क्षेत्रमा भएको बाक्लो हिमपातले त्यहाँको जनजीवन प्रभावित भएको किमाथाङ्कास्थित सीमा प्रहरी चौकीले जानकारी दिएको छ।

शनिबार रातिदेखि सुरु भएको हिमपातले दुई फिट माथिसम्म थुप्रिएपछि स्थानीयवासीको जनजीवन कष्टकर बनेको र पशु चौपायालाई समेत सास्ती भएको भोटखोला गाउँपालिका–१ का वडाध्यक्ष तेनछेवी भोटेले जानकारी दिए।

उनका अनुसार चार दिनदेखि पशु चौपायालाई चराउन र अन्य घर बाहिरको कामकाज गर्नसमेत कठिनाइ भएको छ। 

पाँच महिना अघिबाट यस क्षेत्रमा हिमपात नभइरहेको बेला यस वर्षको पहिलोपटक चार दिन अघिबाट हिमपात सुरु भएपछि सो क्षेत्रको छेसुम्बा, गुम्बालगायतका डाँडामा सेताम्य हिउँ परेको देखिन्छ।

यसरी नै संखुवासभाकै मकालु हिमालको आसपास क्षेत्र माङ्सिमा, सेदुवा, हटिया, चेपुवालगायतका क्षेत्रमा चिसो बढेसँगै आकस्मिक हिमपात भएको मकालु गाउँपालिकाका विमन पराजुलीले जानकारी दिए। 

यता जिल्लाको दक्षिणी क्षेत्रको धर्मदेवीको टुटे देउराली, तीनजुरे, चैनपुर नूनढाकीको गुफापोखरी र मिल्के जलजले क्षेत्रमा समेत हिमपात भएको चैनपुर–१ गुफापोखरीका स्थानीयवासी हिमा खनालले जानकारी दिइन्। 

पर्यटकीय गन्तव्य बन्दै आएको चैनपुरको गुफापोखरी क्षेत्रमा चिसोको परवाह नगरी हिमपात क्षेत्रमा हिउँ खेल्नका लागि आसपास क्षेत्रबाट आन्तरिक पर्यटकको चहलपहल सुरु भएको खनालले जानकारी दिइन्। रासस

प्रकाशित: Feb 10, 2021| 06:23 बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।